अभिनेता अनमोल केसी अभिनित फिल्म कृ युटुबमा रिलिज भएको छ । यो फिल्मलाई आज हाइलाइट्स नेपालको च्यानलबाट रिलिज गरिएको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्मलाई सुवास गिरीले निर्माण गरेका हुन् ।

यो फिल्ममा अभिनेता अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा अभिनेता केसी र अभिनेत्री वुढाथोकीको बाल्यकालदेखिको प्रेम, बलात्कारपछिको घटना र बदलाको कथालाई उठान गरिएको छ ।

फिल्म कृ २ बर्ष अघि हलमा रिलिज भएको थियो । फिल्म हलमा रिलिज हुँदा यसलाई दर्शकले माया गरेका थिए । युटुबमा पनि सिनेमाको क्रेज राम्रो देखिएको छ ।

For More videos Log on to Mazzako TV