आजबाट २ हिन्दी र एक नेपाली फिल्म रिलिज भएका छन् । विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म हजार जुनी सम्म आजबाट रिलिज भएको छ । आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइटेल, सलोन बस्नेत, अखिलेष प्रधान लगायतका कलाकारले अभिनय गरेको यो फिल्म देशभर रिलिज भएको छ ।

तर, बिहिबार नै फिल्म रिलिज हुँदा फिल्म रिलिजको तरिकामा भने अस्तव्यस्त अवस्था आउने देखिएको छ ।
पारिवारिक र सामाजिक कथामा बनेको हजार जुनी सम्म सँगै दुई हिन्दी फिल्म पनि रिलिज भएका छन् । मिसन मंगोल र बट्ला हाउस आजबाट रिलिज भएका छन् । तीनै फिल्मको मल्टिप्लेक्समा ओपनिङ व्यापार औषत छ ।

For More videos Log on to Mazzako TV