अभिनेत्री आँचल शर्मा केही समय अघिसम्म अभिनेता पल शाहसँगको प्रेमका कारण चर्चामा थिइन् । तर, अहिले उनको चर्चाको बिषय फेरिएको छ । उनी फेरि लभ चर्चामा घेरिएकी त छन्, तर अर्कै व्यक्तिसँग । डाक्टर उदिप श्रेष्ठ र अभिनेत्री आँचल शर्माको प्रेम रहेको चर्चा सुरु भएको छ ।

तर, अभिनेत्री शर्माले भने उदिपसँग आफ्नो प्रेम नरहेको बताएकी छिन् । उनले संचारमाध्यमसँग कुरा गर्दै उदिप र आफू नजिक भएको तर प्रेम नै भन्न नमिल्ने बताएकी छिन् । तर, आफूलाई उदिप मनपर्न थालेको भने उनले भनेकी छिन् ।

आँचल आफैले पनि उदिपसँगको बिषयमा आफैले केही समयपछि बोल्ने बताएकी छिन् । अभिनेत्री आँचल र उदिपले अहिले एक अर्कालाई मिस गरिरहेको पनि उल्लेख गर्छन् । यसैले पनि यी दुइको प्रेम चर्चा सुरु भएको हो ।

For More videos Log on to Mazzako TV