अभिनेता अनमोल केसीको नयाँ फिल्म एन्टी हिरोको नाम सार्वजनिक भएसँगै अब उनीसँग रोमान्स गर्ने अभिनेत्री को होलिन् भनेर पनि चर्चा सुरु भएको छ । अभिनेता केसीले सधै नै नयाँ अभिनेत्रीसँग काम गरिरहेका छन् ।

तर, यसपटक अभिनेता केसीसँग पुरानै अभिनेत्रीले काम गर्ने चर्चा पनि चलिरहेको छ । निर्माता भूवन केसीले पनि अभिनेता केसीले पुरानै अभिनेत्रीसँग काम गर्ने बताइरहेका छन् । यसैले पनि अब अनमोलको जोडी को हुनेछ भन्ने चर्चा सुरु भएको छ । फिल्मी बजारमा एन्टी हिरोका लागि अभिनेत्री जसिता गुरुङलाई अफर गरिएको चर्चा सुरु भएको छ ।

जसितालाई अनमोलसँग हेर्न दर्शकले पनि चाहेका छन् । यसैले पनि जसिताले यसपटक अभिनेता केसीसँग काम गर्ने संभावना बढेको छ । तर, जसिताको बिषयमा कुनै पनि कुरा पक्का भने भएको छैन ।

For More videos Log on to Mazzako TV