पुराना हिरोइनलाई चल्नै गाह्रो
अभिनेत्री ऋचा शर्माको न यता न उता र केकी अधिकारीको रातो गलबन्दी यो बर्ष रिलिज भयो । यी दुबै फिल्म आएको र गएको दर्शकले पत्तो पाएनन् । ऋचा र केकीको अनुहार पोष्टरमा भएर पनि हलमा दर्शक गएनन् । हलसम्म दर्शक नजाँदा निर्माताले घाटा ब्यहोरे ।

केकीले रातो गलबन्दीमा लिएको ६ लाख रुपैयाँ पनि निर्माताको गोजीमा व्यापारबाट आएन । ऋचाको न यता न उताको हालत पनि यस्तै भयो । साउनको २४ गते रिलिज भएको फिल्म साइनोको हालत पनि यस्तै भयो । साइनो पनि चलेन । साइनो नचल्दा घाटा भयो नीता ढुंगानालाई । नीताको फिल्म पनि चल्न छाडेको छ ।
अहिले पुराना अभिनेत्रीहरुलाई बक्स अफिसमा चल्न नै समस्या देखिन थालेको छ । यो समस्याले कतै दर्शकले अब, पुराना कलाकारको फिल्म खेल्ने स्टाइल मन पराउन छाडेका हुन् कि भन्ने पनि भान हुन थालेको छ ।