यसपटकको दशैंको अन्यौल अझै छ । फिल्म रातो टिका निधारमाले असोज १० गतेलाई रिलिज मिति तोकेपनि अर्को फिल्म छ माया छपक्कैले रिलिज मिति तोक्न सकेको छैन । छ माया छपक्कैको टिम दशैंमा नै फिल्म रिलिज गर्ने वा नगर्ने भन्नेमै दोधारमा छ ।

किनकी, दशैंमा ठूलो राजनीति भैरहेको छ । छ माया छपक्कै दशैंबाट पर हट्न पनि सक्नेछ । यस्तो भएको अवस्थामा दशैंमा नेपाली फिल्म रातो टिका निधारमा र हिन्दी फिल्म वारले मात्र दशैं धान्नुपर्ने अवस्था आउँछ । दशैको राजनीतिबाट दीपकराज गिरी र उनको टिम पर हट्न चाहेको वुझिन्छ ।

रातो टिका निधारमा एकल आउन भन्दा छ माया छपक्कै पनि आउँदा हल्ला बढी हुन्छ । तर, छ माया छपक्कै दशैमा आएन भने सिंगल हलहरुमा समस्या पर्न सक्छ ।

For More videos Log on to Mazzako TV