जेठ ३ गते रिलिज भएको फिल्म जात्रै जात्रापछि कुनै पनि नेपाली फिल्मले लगानी उठाएको छैन । साउनको सुरुको हप्तामा फिल्म घर औषत चलेपनि यसअघि र पछिका फिल्म चलेनन् । यसले नेपाली फिल्म हेर्ने दर्शक फेरि हराए भन्ने बहस सुरु भएको छ ।

तर, दर्शकले अपेक्षित फिल्म नपाएर हलसम्म नपुगेको प्रष्ट छ । यही विचमा बिहिबार अर्थात साउनको ३० गतेबाट फिल्म हजार जुनी सम्म रिलिज हुँदैछ । यो फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । मल्टिस्टारर यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतका कलाकारको अभिनय छ ।

फिल्मको गीतसंगीत र ट्रेलरले राम्रै हाइप बनाउँदा यो फिल्मले केही महिनादेखि शुन्यता छाएको हलमा चहलपहल बढाउने अपेक्षा गरिएको छ । लभ स्टोरी र पारिवारिक यो फिल्मको प्रतिक्षा दर्शकले पनि गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV