बालीको फोटो विवादबारे के भन्छिन् साम्राज्ञी ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्डोनेशियाको बालीमा खिचिएको एक तस्वीर भाइरल भएसँगै उनको आलोचना भयो । साम्राज्ञीलाई दर्शकले तस्वीर हेरेपछि गाली धेरै गरे । अभिनेत्री साम्राज्ञी भने उक्त फोटो आफूले पोष्ट नगरेको बताउँछिन् ।

संचारमाध्यमसँग कुरा गर्दै उनले उक्त फोटो आफ्ना प्रेमीले प्राइभेटमा पोष्ट गर्दा कसैले ह्याक गरेर सार्वजनिक गरेको बताइन् । साम्राज्ञीले आफ्नो जिन्दगीमा पनि व्यक्तिगत जीवन भएको बताए । उनले, आफूले जीवनमा प्रेमीसँग बिताएका कतिपय पलहरु सार्वजनिक नभइदिएको भए हुन्थ्यो भन्ने लागेको तर सार्वजनिक हुनुमा आफ्नो गल्ती नभएको पनि बताइन् ।
साम्राज्ञीले कायरा फिल्मको छायांकनको क्रममा ट्याटु फोटो सार्वजनिक हुँदा आफूलाई फिल्म क्षेत्रकै मानिसले खसाल्न खोजेको बताइन् ।