अभिनेता अनमोल केसीको अभिनय रहने नयाँ फिल्मको नाम जुराइएको छ । एक्सन, लभस्टोरी जनरामा निर्माण हुने फिल्म ‘एन्टी हिरो’ मा अनमोलले काम गर्ने भएका हुन् । फिल्म होम प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ । अनमोलसँगै फिल्ममा अभिनेता भुवन केसी भिलेनको भुमिकामा प्रस्तुत हुनेछन् ।

सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ मा निर्देशक र अन्य कलाकार को–को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भुवन केसीले बताए । फिल्मको नाम आजै मात्र विकास बोर्डमा दर्ता गरिएको हो । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।गत वर्षको अन्तिममा रिलिज ‘ए मेरो हजुर ३’ पश्चात अनमोलले नयाँ फिल्म गर्न लागेका हुन् ।

‘ए मेरो हजुर ३’ सुपरहिट भए पछि अनमोलको माग आकासिएको थियो । बाहिरी व्यानरबाट थुप्रै फिल्मको अफर आए पनि अनमोलले होमप्रोडक्सन कै फिल्म छनोट गरेका हुन् ।

For More videos Log on to Mazzako TV