असोज ३ गते रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी कब्बड्डी’ को टाइटल गीत ‘द कबड्डी सङ’ रिलिज गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ गीतको कन्सेप्ट नयाँ छ ।कालीप्रसाद र अनुपमको कबड्डी र्याप ब्याटलले दर्शकमा मनोरंजन दिन्छ । कालीप्रसादको कन्सेप्टमा तयार गीतमा फिल्मको केहि अंशहरुलाई समेटिएको छ । गीतको भिडियो निर्देशन बिजु कर्माचार्यले गरेका हुन् ।

रामबाबु गुरुङ निर्दे्शित फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राईको अभिनय छ ।

फिल्म बासुरी फिल्मस र फिल्म आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्मको सह(लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

For More videos Log on to Mazzako TV