फिल्म ‘हजार जुनी सम्म’ को शिर्ष गीतको बाल भर्सन सार्वजनिक भएको छ । ‘सारेगमप लिटिल च्याम्प’मा चौथो स्थान हासिल गरेका आयुष केसीले गाएका हुन् । पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीतमा तयार पारिएको यस गितलाई उदय सोताङ्गले तयार पारेका छन् । उदय सोताङ्गले झन्डै डेढ दशक अघि गाएको यस गितलाई रि–एरेन्ज गरेर आयुषको स्वरमा तयार पारिएको हो ।

आयुषको स्वरमा अनुभव रेग्मीलाई पनि भिडियोमा देख्न सकिन्छ । लिरिकल भिडियो सहित तयार पारिएको यस गीतले फिल्मको प्रमोसनमा राम्रो सहयोग पुग्न सक्ने देखिन्छ । यतिखेर फिल्मको प्रमोसन पनि मज्जाले नै भैरहेको छ । गीत र ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको अबस्थामा निर्देशक फिल्मलाई लिएर आशाबादी छन् ।

बिकाशराज आचार्य निर्देशित फिल्म साउन ३० गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ । प्रेम कथामा आधारित चलचित्रलाई बिकास राज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रलाई नाइँ न भन्नु लका सिरिजहरु भन्दा फरक स्वाद दिने भरपुर कोशिस गरेको बताएका छन् निर्देशकले । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, प्रियंका कार्की, अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV