यसपटक दशैंमा निर्माता रोहित अधिकारी र दीपकराज गिरीको फिल्म छ माया छपक्कैलाई प्रदर्शन मिति तोक्न समस्या पर्ने देखिएको छ । किनकी, फिल्म रातो टिका निधारमाले असोज १०लाई प्रदर्शन मिति तोकेपछि अब छ माया छपक्कै कहिले आउँछ भन्ने चर्चा सुरु भएको छ ।

दिपकराज गिरी र उनको टिमले अझै पनि यो फिल्मको प्रदर्शन मिति तय गरेको छैन । असोज १० मै कि त यो फिल्मलाई रातो टिका निधारमासँग जुध्नुपर्ने हुन्छ । असोज १७ मा आउँदा दशैको मुख्य बिदा त यो फिल्मले पाउँछ । तर, यो मितिमा बलिउडको ठूलो लगानीको फिल्म वार छ ।

असोज ३ मा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पनि केही हल होल्ड गर्ने, रातो टिका निधारमाले पनि शोज होल्ड गर्ने अवस्थामा वारसँग छ माया छपक्कैले पर्दा शेयर गर्दा शोज कम हुनेछ । यसैले पनि दिपकराज गिरी र उनको टिमलाई समस्या देखिएको छ । अब, यो टिमले कहिले फिल्मको रिलिज मिति तोक्छ, प्रतिक्षामा छ ।

For More videos Log on to Mazzako TV