माओत्से गुरुङको निर्देशनमा तयार भएको फिल्म दयारानीको डेट सरेको छ । यो फिल्मको डेट निर्धारित मिति भन्दा करिब ७ महिना पछि सरेको हो । दयारानी फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनको मुख्य भूमिका छ ।

दयारानी फिल्मले एउटा खराब श्रीमान् र दयालु श्रीमतीको कथालाई भनेको छ । फिल्म अब फागुणको ९ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा फिल्म आमा र लप्पन छप्पन २ ले पहिले नै मिति तोकेका थिए । फिल्मका निर्देशक गुरुङले बन्दै नबनेका फिल्मले राम्रो मिति तोक्दा बनिसकेका फिल्मले प्रदर्शन मिति नपाउने समस्या रहेको सुनाए ।

For More videos Log on to Mazzako TV