अभिनेत्री स्वस्तिमा खड्काले फागूणको ३० गतेबाट रिलिज हुन लागेको फिल्म हजार जुनी सम्म किन गरिन् त ? के यो फिल्म गर्दा स्वस्तिमा स्वार्थी बनेकी हुन् ? अभिनेत्री स्वस्तिमाका अनुसार, उनी फिल्ममा काम गर्दा स्वार्थी नै बनेकी हुन् ।

किनकी, निर्देशक विकासराज आचार्यको फिल्ममा काम गर्दा उनलाई फाइदा हुन्छ । किनकी, विकासराज आचार्यको आफैमा दर्शकको ठूलो समुह छ । विकासराज आचार्यको फिल्ममा काम गर्दा आफूलाई फाइदा हुने भएकाले पनि गरेको उनले बताइन् । यस्तै, उनले हजार जुनी सम्म फिल्म पारिवारिक भएको बताइन् ।

अहिले लभ स्टोरी फिल्म हेर्नका लागि दर्शकले परिवार लान नसक्ने उनको वुझाई छ । यसैले पनि हजार जुनी सम्म फिल्म दर्शकको रोजाइमा पर्ने उनको वुझाई छ ।

For More videos Log on to Mazzako TV