कस्लाई चक्कु चलाउदै छन् अक्षय कुमार ?
बलिउड अभिनेता अक्षय कुमार जे बोल्छन त्यो गर्छन् । उनको डाईलग नै छ, ‘मै जो बोल्ता हुँ वो करता हुँ, जो मै नही बोल्ता, वो तो डेफिनेट्ली करता हुँ’ । हालसालै अक्षयले स्कुलका विद्यार्थीहरुलाई मार्सल आर्ट को ट्रेनिङ्ग दिनु आवश्यक रहेको छ भनि अपिल गरेका पनि थिए ।
नायक अक्षय कुमार आफै पनि सिक्स डिग्री ब्ल्याक बेल्ट हुन् । तर पनि उनी आफ्नो स्किल बढाउन लागि परेका छन् । यतिबेला अक्षय ‘तोलपर आर्ट’ सिकि रहेका छन् । तोलपार एक मार्सल आर्ट हो, जहाँ छोटो चक्कुको सहायताबाट आत्मरक्षा गरिन्छ ।
रुसबाट आएको एक्सपर्ट टिमले मुम्बईमा महिला प्रहरीहरुलाई यो कला सिकाईरहेको छ । यही मौकालाई छोप्दै नायक अक्षय कुमार पनि यो तालिम लिई रहेका छन् । नायक अक्षय कुमारले यो तालिम लिनुको दुई फाईदा । एक त उनको आफ्नै स्किल बढिईरहेको छ भने तालिममा रहेका महिला प्रहरीहरुलाई पनि उत्साह बढीरहेको छ ।
For More videos Log on to Mazzako TV