कलाकार प्रशान्त ताम्राकार र निर्देशक दिवाकार भट्टराईले के बि स्टाइलको नयाँ शाखाको उत्घाटन गरेका छन् । राजधानीको कपन स्थित भृकुटी चोकमा के बि स्टाइलको तेस्रो शाखाको ताम्राकार र भट्टराईले संयुक्त रुपमा रिबन काट्दै उत्घाटन गरेका हुन् । जडिबुटी र कोटेश्वरको सफलतापछि के बि स्टाइलको कपनमा शाखामा खोलिएको हो । १ बर्ष भित्र १० वटा शाखा खोली सेवा प्रदान गर्ने संचालक बुद्धि राज भट्टराईले बताए ।

बुद्धि राज भट्टराई र किशोर न्यौपानेले के बि स्टाइललाई संचालनमा ल्याएका हुन् । ‘हाम्रो कपाल राम्रो कपाल’ भन्ने मुल नाराका साथ सस्तो मुल्यमा कपाल तथा दारीको लागि हाइजनिक सेवा दिने संचालक किशोर न्यौपाने बताउँछन् । कपाल कट्ने औजार (कैंची, ब्लेड) हरुलाई निर्मलीकरण गरेर मात्र प्रयोग गरिने संचालक न्यौपानेले बताए । नेपाली फिल्म क्षेत्रका स्टाइलिस अभिनेता ताम्राकार र निर्देशकले उक्त शाखालाई शुभकामा दिए ।

For More videos Log on to Mazzako TV