अभिनेता अनमोल केसी सार्वजनिक कार्यक्रममा खासै देखिदैनन् । अनमोललाई अरु कलाकार जस्तो सजिलै भेट्न संचारमाध्यमले पनि सक्दैन । यसैले पनि अनमोलको स्टारडम बलियो छ ।

उनै, अभिनेता केसी शुक्रबार याक एन्ड यती होटलमा देखिए । स्प्राइट पेय पदार्थका ब्रान्ड एम्ब्यासडर भएका नाताले पनि उनी सो कार्यक्रममा देखिएका थिए । अभिनेता अनमोल केसीले नयाँ फिल्म घरकै गर्दैछन् । यसबाहेक, उनी अन्य केही ब्यानरको अफरलाई पनि के गर्ने भन्ने मुडमा छन् ।

अभिनेता केसीका अनुसार, घरकै फिल्मका लागि पनि स्क्रिप्ट धेरै आएपनि परिवर्तन भैरहेको छ । यसैले पनि यसपटक जुन टिमसँग उनले काम गर्दैछन् त्यो बलियो हुने विश्वास उनको छ । गतबर्ष रिलिज भएको ए मेरो हजुर ३ पछि अभिनेता केसीलाई हिट फिल्म दिनै पनि प्रेसर छ ।

For More videos Log on to Mazzako TV