निर्माता तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्मा रातो टिका निधारमा फिल्मबाट डेब्यू गर्दैछन् । उनले नृत्य गरेको फिल्मको एउटा गीत रिलिज भैसकेको छ । अंकितलाई परिवार फिल्ममा भएका कारण पनि आउन सजिलो भयो ।

तर, उनी परिवारवाद मान्न तयार भने छैनन् । अंकितका अनुसार, उनलाई फिल्ममा आउन परिवारका कारण सजिलो त भयो । तर, अब भने उनको करिअर दर्शकको हातमा छ । दर्शकले फिल्मलाई जुन तरिकाले माया गर्छन् र प्रतिक्रिया दिन्छन्, सोही अनुसार नै उनको करिअर अगाडि जाने छ । अंकितले अब दर्शकको विश्वास जित्न आवश्यक रहेको बताएका छन् ।

For More videos Log on to Mazzako TV