नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ अभिनेता अंकित शर्मासँग फिल्म रातो टिका निधारमामा काम गरेकी छिन् । यो सिनेमामा साम्राज्ञीसँग काम गरेका अंकितले साम्राज्ञीबाट धेरै कुरा सिकेको बताए । उनले, एक अर्काले नै टिमवर्क गरेर काम गरेको बताए ।

साम्राज्ञी निकै नै सालिन र समझदार रहेको उनको भनाई थियो । साम्राज्ञीको बिषयमा बाहिर जे जस्तो तरिकाले चित्रित गरिएको छ, त्यो अनुसार उनी नभएको अंकितले बताए । साम्राज्ञी एकदमै मिलनसार, सबैसँग मिलेर काम गर्ने पाएको उनले बताए ।

अंकितले रातो टिका निधारमा फिल्ममा आफूहरुले एक अर्काबाट टिममा काम गरेको र सबैको राम्रो होस् नै भन्ने चाहेको पनि स्पष्ट पारेका छन् ।

For More videos Log on to Mazzako TV