यो बर्षको दशैंमा पनि गतबर्षको दशैमा जस्तै समस्या देखिएको छ । कुन निर्माताले पहिले डेट तोक्ने भन्ने बिषयमा अझै पनि निर्माता मौन छन् । निर्माता तथा निर्देशक अशोक शर्माले फिल्म रातो टिका निधारमाको रिलिज डेट अझै तोक्न सकेनन् ।

अशोकले दशैं रिलिज भनेपनि कुन मितिमा सिनेमा रिलिज गर्ने भन्न सकेनन् ।म मात्र, दशैमा सिनेमा रिलिज हुन्छ मात्र भने । यही मितिमा आउने भनिएको अर्को फिल्म छ माया छपक्कैका निर्माताले पनि फिल्मको रिलिज डेट तोक्न सकेका छैनन् । भदौ २७ गतेलाई फिल्मको रिलिज मिति भनेर हल्ला गरिएपनि दशैंमा नै फिल्म रिलिज हुनेछ ।

तर, कुन दिनबाट सिनेमा रिलिज हुन्छ भनेर यो फिल्मका निर्माताले पनि भन्न सकेका छैनन् । यसैले, दशैको कुन दिनबाट यी दुई फिल्म रिलिज हुन्छन् भनेर भन्न सकिने अवस्था छैन । दुबैजना एउटाले तोक्ला र आफू तोकौला भनेर बसेका छन् ।

For More videos Log on to Mazzako TV