अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म जाइराको ट्रेलर आज रिलिज गरियो । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको मार्सल आर्ट र रोमान्सले भरिएको ट्रेलर रिलिज गरियो । कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठको एक रहस्य निर्देशकले खोलिदिएका छन् ।

निर्देशक आशुतोष राज श्रेष्ठका अनुसार, यो फिल्ममा एक्सन गर्दा गर्दै नम्रता बिरामी परेकी थिइन् । उनको शरीरमा खुबै चोट पनि लागेको थियो । तर, अभिनेत्री श्रेष्ठले काम रोक्न चाहिनन् । यसका लागि उनले पेन किलर खाएर काम गरेकी थिइन् ।

नम्रताले थुप्रै पटक पेन किलर खाएर काम गरेको भन्दै निर्देशक श्रेष्ठले उनलाई नै हेरेर यो फिल्मको कथा लेखेको पनि बताए । अभिनेत्री श्रेष्ठले पनि करिब ६ महिना भन्दा बढी समय आफूले मार्सल आर्ट सिकेको बताइन् ।

For More videos Log on to Mazzako TV