अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यति धेरै घृणा किन भनेर प्रश्न गरेकी छिन् । उनको प्रश्न विशेषगरि, उनको हरेक पोष्टमा नकारात्मक प्रतिक्रिया दिनेहरुमाथि छ । साम्राज्ञीले बालीमा प्रेमीसँग सार्वजनिक गरेको एउटा फोटोमा नकारात्मक प्रतिक्रिया आएपछि उनले कुता भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ भनेर इन्स्टाग्राममा लेखेकी थिइन् ।

यसपछि भने दर्शकको आक्रोश उनीमाथि अझै बर्सिएको छ । साम्राज्ञीले आफू यो कुराबाट बाहिर निस्कन चाहेको पनि भनेकी छिन् । उनले, आफूलाई यो कुराले दिकदार बनाएको बताएकी छिन् ।

साम्राज्ञीले अरुको नराम्रो सोचेरै समय बिताउनेहरुलाई आफूले केही भन्न नसक्ने पनि बताएकी छिन् । उनले, राम्रो काममा र आफ्ना लागि समय लगाउन पनि सबैलाइ आग्रह गरेकी छिन् ।

For More videos Log on to Mazzako TV