धुर्मुस–सुन्तलीको निर्माण रहने फिल्म ‘सेन्टी भाइरस’ औपचारिक घोषणा गरिएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मको वर्किङ टाइटल ‘एन्टी भाइरस’ थियो ।लामो समय टिमको छलफल पछि सामाजिक व्यंग्य रहने फिल्मको शिर्षक ‘सेन्टी भाइरस’ जुराइएको छ ।

३५ दिनको सेड्युल लिएर भदौ ३ देखि छायाँकन उत्रिने फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)सँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहनेछ ।

सुबिहानी फिल्मस प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ । सह(निर्मातामा डिन्डुका भाई फुर्पा लामा रहेका छन् । धुर्मुस(सुन्तलीले छोरी सुबिहानीको नामबाट व्यानर दर्ता गरेका छन् ।कुमार कट्टेल र दीपक आचार्यको लेखनमा निर्माण हुने फिल्ममा राजनराज सिवाकोटीरकालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।

सामाजिक कथाबस्तुमा निर्माण हुने फिल्मको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सिताराम कट्टेलले जानकारी दिए । ‘हामीले फिल्म निर्माण गर्ने खबर बाहिएरसँगै सामाजिक संजालमा लगानीको बारेमा धेरै टिका(टिप्पणी सुनेका थियौँ । विशेषतस् फिल्ममा अमेरिकामा बस्दै आउनु भएका डिन्डु लामा ह्योल्मो र फुर्पा लामाले लगानी गर्दै हुनुहुन्छ ।

उहाँ हामिसँग फिल्ममा सहकार्य गर्न करिब २ देखि नै प्रतिक्षारत हुनुहुन्थ्यो । त्यसैले हामीले सम्झौतामै २० प्रतिशत मुनाफा सामाजिक कार्यमा खर्चिने हस्ताक्षर गरेका थियौँ ।’धुर्मुसले अगाडी थपे ‘सामाजिक कार्य अन्तर्गत १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई सहयोग गर्नेछौँ । भने, बाँकी ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा सहयोग हुनेछ ।’

भवन निर्माणको जिम्वेवारी पाउन धुर्मुस–सुन्तली फाउन्डेसनले अपिल गरेको समेत उनले बताए । ‘उहाँहरुले हामिलाई भवन निर्माणको जिम्वेवारी दिनुभयो भने ठिकै छ । भएन भने पनि हामि मुनाफाको ५ प्रतिशत हस्तान्तरण गर्नेछौँ ।’ धुर्मुसले जानकारी गराए ।

करिब ५ वर्ष पछि दर्शकको चाहना बमोजिम हामी कलाकारिता माध्यमबाट दर्शक माँझ पुग्दैछौँ । पूर्णत मनोरंजनको प्याकेज ल्याएर उपस्थित हुनेछौँ ।’ कलाकार कुञ्जनाले बताइन । कास्कीको रुपाकोटमा खिचिने फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र सिजन दाहाल छन् । भने, कला निर्देशकमा मधुसुधन कार्की छन् ।

For More videos Log on to Mazzako TV