अभिनेता विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म साङ्लोको प्रदर्शन मिति तय भएको छ । वितरकसँग छलफल गरि फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने तयारी गरिएको हो । छठ पर्वको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको हो ।

यो फिल्मबाट विराज निकै नै आशावादी छन् । किनकी उनको कमब्याक फिल्म जय परशुराम असफल भैसकेको छ । यसैले यसपटक उनले आफै निर्देशनमा समेत हाल हालेका हुन् । फिल्म साङ्लोमा विराजको साथमा पूर्व मिस नेपाल निकिता चण्डकको पनि मुख्य भूमिका छ ।

विराजको फिल्मलाई सिंगल थिएटरका दर्शकले मन पराउँदै आएका छन् । यसपटक विराज सबै बर्गका दर्शकमाझ पुग्ने सोचमा छन् ।

For More videos Log on to Mazzako TV