निर्देशक प्रदिप भट्टराइको चर्चा खुबै छ । लगातार ३ फिल्ममा काम गरेपछि उनको सफलता चुलिएको छ । प्रदिपले निर्देशन गरेका जात्रा, शत्रु गते र जात्रै जात्राले ५१ दिन मनाए । फिल्म हेर्ने दर्शकले मन पनि पराए । दर्शकले मन पराएकै कारण फिल्मले राम्रो पैसा कमायो ।

यसैले पनि प्रदिप अहिले दबाबमा काम गरिरहेका छन् । उनले जात्राकै सिरिजमा काम गरिरहेका छन् । अब, जात्राको सिक्वेल बन्ने छैन । किनभने, जात्रै जात्रामा कथा सकाइएको छ । तर, प्रदिपले जात्रा ब्रान्डलाई सिरिजको रुपमा अघि लैजाने सोच बनाएका छन् ।

यस बाहेक उनलाई अभिनेता अनमोल केसीले काम गर्ने फिल्म र भद्रगोल टिमले बनाउने फिल्मको पनि अफर आएको छ । प्रदिप अहिले नै कुन फिल्म बनाउने भन्नेमा दोधारमा छन् ।

For More videos Log on to Mazzako TV