अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई मारुनी फिल्मको अफर आउँदा डर लागेको बताएकी छिन् । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पुगेकी साम्राज्ञीले सुरुवातमा त आफूलाई यो भूमिका गर्न सक्छु भन्ने नै नलागेको पनि बताइन् ।

तर, फिल्मको दृश्य गर्दा पनि आफूले यो गर्न सक्छु या सक्दिन भनेर डर लागेको साम्राज्ञीको भनाई छ । साम्राज्ञीले फिल्मको कथा सुन्ने वित्तिकै आफूलाई मन परेपनि आफूले यो भूमिका निर्वाह गर्न सक्छु या सक्दिन भन्ने नलागेको सुनाइन् ।

साम्राज्ञीले फिल्मको यो क्यारेक्टरले दर्शकलाई नयाँ खालको साम्राज्ञी देखिने पनि बताइन् । उनले फिल्मकी निर्मात्री पूनम गौतमसँग आफ्नो बोन्डिङ अब नसकिने पनि दाबी गरेकी छिन् ।

For More videos Log on to Mazzako TV