अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ को ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले प्रेम, त्याग र प्राप्ति बयान गर्छ । नवल नेपाल निर्देशित फिल्मको ट्रेलरले पत्नी र प्रेमिका बीच पतिको सम्वन्ध देखाउँछ ।

त्रिकोणात्मक प्रेमकथामा रेविका गुरुङ र पुष्प पति–पत्नीको रुपमा छन् । भने, साम्राज्ञी प्रेमिका बनेकी छन् । यसअघि ‘मङ्गलम’मा मर्न पाउने अधिकारको वकालत गरेका निर्देशक नेपालले यसपटक पनि गहकिलो कन्टेन्ट उठाएको बताएका छन् ।

पारिवारिक प्रेमकथानक फिल्म बनाउन माहिर मानिने नेपालले तीजमा ‘मारुनी’ रिलिज गर्दैछन् । भदौ १३ फिल्मको आधिकारिक रिलिज डेट हो । पुनम गौतमले निर्माण गरेको फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्यरअर्जुन पोखरेलरकृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयालरनवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।

For More videos Log on to Mazzako TV