जेठको ३ गते रिलिज भएको फिल्म जात्रै जात्राले ५१ दिन मनायो । यो फिल्मले ५१ दिन मनाएर राम्रो पैसा छापेपनि यसपछि भने हलमा दर्शक नै आउन छाडेका छन् । यसपछि रिलिज भएका फिल्म निरन्तर असफल भएका छन् ।

यो साता रिलिज भएका रातो गलबन्दी र न यता न उता फिल्म पनि हलमा टिकेनन् । चिनिएका अनुहार भएको यी फिल्मले पनि दर्शकलाई आकर्षित गर्न सकेनन् । असार महिना नेपाली फिल्मका लागि खराब रह्यो । रिलिज भएका सबै फिल्म असफल भए ।

साउनको दोश्रो सातासम्म आइपुग्दा पनि नेपाली फिल्मको व्यापारले हल संचालकको मनमा चैन भएको छैन । मल्टिप्लेक्स हलहरुमा हिन्दी र अंग्रेजीले जसोतसो दर्शक तान्दा सिंगल हलहरुमा समस्या परेको छ ।

For More videos Log on to Mazzako TV