अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्मकी हाइ डिमाण्डेड अभिनेत्री हुन् । उनको लागि निर्माताले लगानी लाखौ गर्ने गरेका छन् । उनै, साम्राज्ञीको भारतीय मिडिया आज तकमा पनि चर्चा भएको छ । हुनत, अहिले भारतीय मिडियामा लगातार नेपाली कलाकारले स्थान पाइरहेका छन् ।

भारतीय मिडिया आज तकले साम्राज्ञीले एउटा फिल्मका लागि १६ लाख पारिश्रमिक लिएको चर्चा गरेको छ । उनले फिल्म रातो टिका निधारमाका लागि १६ लाख पारिश्रमिक लिएकी थिइन् । साम्राज्ञीलाई राजघरानाको सदस्य समेत भनिएको छ । साम्राज्ञीका वंशजका त्रिभुवन वीर विक्रमशाहलाई नेपालबाट राण राज्य हटाउने श्रेय दिइएको पनि आजतकले लेखेको छ ।

केही दिन अघि मात्र अभिनेता राजेश हमाललाई बलिउडका सफल अभिनेता अमिताभ बच्चनसँग तुलना गर्दै आज तकले नै खबर लेखेको थियो ।

For More videos Log on to Mazzako TV