नायिका केकी अधिकारी अभिनित तिजको गीतको म्युजिक भिडियो सार्वजनि भएको छ । केकीले पहिलो पटक तिजको गीतमा अभिनय गरेकी हुन् । सार्वजनिक ‘तिजै रमाईलो’ बोलको गीतमा गोमा कार्कीको स्वर रहेको छ । सीडीएम म्युजिक क्रिएसनले बजारमा ल्याएको सो गीतमा द भ्वाइसका बिजेता सीडी बिजय अधिकारीको संगीत छ ।

गीतका शब्द राजन पोखरेलले लेखेका हुन् । तिजको गीतमा पहिलो पटक अभिनय गरेकी केकीले गीतले आफुमा निक्कै प्रभाव पारेका कारण सिनेमाको सुटिङ रोकेर पहिलो पटक तिजको गीतमा अभिनय गरेको बताईन् । बुद्ध थापाले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी भिडियोलाई जिबन शाहीले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV