अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ मा फाइनल भएका छन् । राष्ट्रिय अवार्ड विजेता समेत रहेका कार्की शुक्रवार नयाँ फिल्ममा अनुबन्धित भएका हुन् । फिल्म ‘सेल्फी किङ’ सुवास थापा र दिनेश राउतले निर्माण गर्न लमगेका हुन् ।

फिल्म ‘सेल्फी किङ’ लाई निर्देशक बिशाल सापकोटाले निर्देशन गर्नेछन् । मेरिकामा फिल्म मेकिङको पढाइ सकाएर नेपाल आएका सापकोटाले फिल्म ‘आइ एम सरी’मा अभिनेता आर्यन सिग्देलको भाईको भूमिकामा अभिनय पनि गरिसकेका छन् । जुम्लामा छायाँकन हुने फिल्म ‘सेल्फी किङ’ भदौ १० देखि फ्लोरमा जाने छ ।

फिल्ममा दुई अभिनेत्री हुनेछन । निर्माण टिमले अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग कुरा गरिरहेको बुझिएको छ । स्वस्तिमा र लक्ष्मीको जोडीलाई फिल्म ‘बुलबुल’मा अत्याधिक रुचाइएको थियो ।
सुवास, दिनेश र विपिनको दोस्रो सहकार्य हो । यस अघि उनीहरुले फिल्म ‘प्रसाद’ निर्माण गरेका थिए । विपिनले ‘प्रसाद’बाटै उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जित्न सफल भएका थिए ।

For More videos Log on to Mazzako TV