अभिनेत्री स्वस्तिमा खड्कालाई घमण्डी अभिनेत्रीको रुपमा धेरैले चिन्छन् । अभिनेत्रीको पछिल्ला अभिव्यक्तिले पनि उनी घमण्डी बनेको तर्क धेरैले गर्छन् । तर, अभिनेत्री खड्का भने आफू घमण्डी नभएको बताउँछिन् ।

पत्रकारसँग कुराकानी गर्दै स्वस्तिमाले आफूले यो कुरा ४ बर्षदेखि सुन्दै आएको बताइन् । यसैले पनि आफूलाई यो कुरा नयाँ नलागेको उनको भनाई छ । स्वस्तिमाले अवार्ड पाएपछि आफूले यो कुरा सुनेको भए यस्तो महशुश हुने भन्दै ४ बर्षदेखि यो कुरा सुन्दै आएकाले आफूले आफूलाई घमण्डी नलाग्ने बताइन् ।

स्वस्तिमाले आफू अवार्ड पाएर घमण्डी नभएको स्पष्ट पारेकी छिन् । आफ्नो अनुहार नै घमण्डी जस्तो लाग्ने अरुको वुझाई हुने उनले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV