अभिनेता आर्यन सिग्देलले आफूलाई दर्शकको विश्वास ठूलो भएको बताएका छन् । मिडिया कुराकानीमा अभिनेता सिग्देलले दर्शकले दिएको विश्वास सिनेमा छनोट गर्न नजान्दा केही मात्रामा गुमेको स्विकार पनि गरेका छन् ।

अभिनेता सिग्देलले दर्शकले आज पनि राम्रो फिल्म गरेको खण्डमा आफूलाई माया गर्ने दाबी गरेका छन् । तर, यसका लागि आफूले राम्रो फिल्म खेल्न आवश्यक रहेको र दर्शकको विश्वास टुटाउन नहुने उनले बताए ।

आर्यन अभिनित फिल्म हजार जुनी सम्म साउनको ३० गतेबाट रिलिज हुँदैछ । यो फिल्मर्लाइ लिएर आर्यन उत्साहित छन् । अभिनेता सिग्देलले आफूले कहिले पनि स्टारडममा विश्वास नगरेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV