आज अर्थात शुक्रबारबाट दुई फिल्म ‘न यता न उता’ र ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका छन् । कमेडी फिल्म ‘न यता न उता’ मा अभिनेत्री ऋचा शर्मा मुख्य अभिनेत्री छिन् । मिराज रोशले फिल्म निर्देशन गरेका हुन् । बिहीबार साँझ राजधानीमा भएको प्रिमियरमा फिल्मलाई मज्जाको प्रतिक्रिया मिलेको छ ।

दुई अर्धबैशे पुरुषको कथा वाचन गर्ने ‘न यता न उता’ मा ऋचासंगै मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामा लगायतको अभिनय छ ।

यता ‘रातो गलबन्दी’ मा अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिका छ । बिना प्रचार प्रदर्शनमा उत्रिएको फिल्म ‘रातो गलबन्दी’ मा केकीले कोशिश क्षेत्रीसँग रोमान्स गरेकी छन् । अनिश थापाले फिल्मको निर्देशन गरेका हुन् ।

बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् । सुमन तामाङले खिचेको फिल्मकोे कार्यकारी निर्माता प्रकाश दुलाल हुन् । भने, बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह निर्मातामा रहेका छन् । फिल्ममा हिमाल कडरियाको कथा छ ।

For More videos Log on to Mazzako TV