अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला अहिले माल्दिभ्समा छन् । अभिनेता संजोग कोइरालाको जन्मदिनको अवसर पारेर यो जोडी माल्दिभ्स पुगेको हो । माल्दिभ्समा पुगेर जन्मदिन सेलिब्रेट गरेको तस्बिर अभिनेत्री वर्षाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

उनले आफ्नो श्रीमान्लाई जन्मदिनको शुभकामना दिदै सरप्राइजले अनुहारमा खुशी ल्याएको होला भनेर पनि लेखेकी छिन् । गएकोबर्ष यी दुइले बिहे गरेको थिए । फिल्म जात्रै जात्रा हिट भएपछि वर्षा खुशी छिन् । उनले नयाँ फिल्ममा काम गरेकी छैनन् । बरु, श्रीमान्सँग नै समय बिताइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV