नेपालमा पहिलो पटक ‘नेपाल फिल्म अवार्ड – २०७६’ हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले औपचारिक घोषणा गरेको हो । उक्त नेफा मिडिया ग्रुपजसमा २१ जना फिल्मीपत्रकारहरु छन् ।

नेपाली फिल्मको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई सहयोग पर्याउने उद्येश्यले आयोजना हुने अवार्डसँग चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहकार्य गरेका छन् ।

अवार्डमा पपुलर तर्फ ५ र निर्णायक अधिकार तर्फ १४ विधा रहनेछन । भने, आयोजकको निर्णयबाट नेपाली फिल्मप्रति समर्पित व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । पपुलर तर्फको अवार्ड दर्शक भोटिङको आधारमा तय गरिनेछ ।

पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका रहेका छन् । त्यस्तै बेष्ट अवार्ड तर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव–निर्देशक, नव–अभिनेता, नव–अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति समावेश गरिएको छ ।

नेफा मिडिया ग्रुपद्वारा जारी कार्यविधि अनुसार संचालन हुने नेपाल फिल्म अवार्ड (नेफा) स्वदेशी र विदेशी भूमिमामा आयोजना हुनेछ । आयोजकले हरेक अवार्ड (ट्रफी) मा ३५ तोलादेखि ५० तोलासम्म चाँदी समावेश गर्ने बताएको छ । लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन हुनेछ । भने, १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ ।

पहिलो संस्करणको निर्णायक समितिमा निर्माता र निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशकरकलाकार अनुप बराल छन् ।

५० लाख लागतमा सेट लगाएर काठमाडौँमै भव्य रुपमा आयोजना गरिने अवार्डमा नेपाल सरकारका उच्च प्रतिनिधि उपस्थिति रहने बताइएको छ । अवार्ड वितरण, नेपाली कला(संस्कृति विशेष प्रस्तुति सहित सम्पन्न हुने समारोहलाई पूर्ण मनोरंजन सहितको ग्ल्यामर नाइट व्याख्या गरिएको छ ।

उक्त अर्वाडमा स्वदेशी तथा विदेशी गरि १० हजार दर्शक समारोहको लक्ष्य रहेको छ । नयाँदेखि वरिष्ठ कलाकारसम्मलाई अवार्ड कार्यविधिको मापदण्डमा राखेर विभिन्न प्रस्तुतिहरु राखिने बलामी इन्टरटेनमेन्टका अध्यक्ष तथा संचारकर्मी समीर बलामीले बताए ।

‘२ करोड लागत अनुमान गरिएको अवार्डलाई चार तहमा विभाजन गरेका छौँ । पहिलो चरणमा घोषणा, त्यसपछि मनोनयन सार्वजनिक समारोह, ग्राण्ड अवार्ड समारोह र अन्त्यमा विशेष धन्यवाद समारोह हुँदै ‘२०७६ अवार्ड’ सम्पन्न हुनेछ । भव्य, सभ्य र निष्पक्ष अवार्ड हाम्रो चाहना हो’ बलामीले भने ।

For More videos Log on to Mazzako TV