द्धन्द्ध निर्देशक अष्ट महर्जनको निर्देशनमा फिल्म बन्ने भएको छ । उनले बनाउन लागेको फिल्मको नाम भने राखिएको छैन । फिल्ममा अभिनेत्री सारा सिर्पाली मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा कविर खड्का र प्रितम सेन्चुरी मुख्य भूमिकामा रहनेछन् ।

सबै कलाकारसँग कागजी संझौता पनि भैसकेको छ । निर्देशक महर्जनले आफूले द्धन्द्ध निर्देशनमा लामो समय बिताएपनि यसपटक भने लभ स्टोरी फिल्म बनाउन लागेको बताए । यसैले आफ्ना लागि पनि यो कुरा नयाँ हुने उनको भनाई छ । फिल्ममा महेश दवाडीको कथा रहनेछ । फिल्मको नाम तय भएपछि प्रेस मिट गरेर फिल्मको औपचारिक घोषणा गर्ने उनले बताए ।

For More videos Log on to Mazzako TV