फिल्म लक्का जवानको घोषणा गरिएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको घोषणा गरियो । शिवहरि पौडेलले निर्देशन गर्न लागेको यो फिल्मका कार्यकारी निर्माता किरण केसी, दिलिप रायमाझी र सुरेन्द्र केसी हुन् ।

यो फिल्मले पाका मानिसहरुको लक्का जवान बन्ने सपनाको कथालाई प्रस्तुत गर्दछ । फिल्म लक्का जवानमा किरण केसी शिर्ष भूमिकामा छन् । उनको साथमा फिल्ममा दिलिप रायमाझी, सुरेन्द्र केसी, राजाराम पौडेल, शिवहरि पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । भदौबाट यो फिल्मको छायांकन सुरु हुनेछ । फिल्मलाई चैत्रको ७ गतेबाट रिलिज गर्ने तयारी थालिएको छ ।

फिल्म लक्का जवानबाट आफूले कलाकारितामा सिकेका कुराहरु प्रस्तुत गर्ने कलाकार तथा निर्देशक पौडेलले बताए । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्मको निर्माण घोषणा गरे ।

 

For More videos Log on to Mazzako TV