अशिन पौडेलको निर्देशनमा फिल्म आधा सुरको निर्माण घोषणा भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्म निर्माणको घोषणा भयो । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।

यो फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दिलिप रानाभाट लगायतको अभिनय छ । फिल्मले मानिसको जीवनको सुरलाई बताउने कार्यक्रममा जानकारी दिइयो ।

कोही मानिसको जीवन सपना पुरा गर्दै गर्दा पनि आधा हुने भन्दै निर्देशकले सिनेमाले पनि यस्तै कथा भन्ने बताए । सिनेमाको छायांकन भदौबाट सुरु हुनेछ । काठमाण्डौ र पोखरामा यो सिनेमा खिचिनेछ ।

For More videos Log on to Mazzako TV