गायक पशुपति शर्मा, क्रिकेट मैदानमा कि घरमा ? (भिडियो सहित)
गायक पशुपति शर्मा फरक फरक शैलीका लोकगीतहरुका कारण चर्चित छन् । उनै गायक शर्मा अब गायक भएर होईन क्रिकेट खेलाडी भएर नाम र दाम कमाउन चाहन्छन् । साच्चै नै गायन पेशा छाड्ने होला त ? त्यौ पक्कै पनि होईन । उनले ब्यंग्य गर्दै गीतमार्फत भने सबैलाई आफ्नो काम भन्द अरुको काम नै प्यारो हुने बताएका छन् ।
‘मोडल खेले मोडलमा फिट भईन,
दोहोरीमात्रै गाएर हिट भईन,
म नि अब त क्रिकेट खेल्न जान्छु’
नाम पनि हुने दाम पनि हुने
म नि अब त क्रिकेट खेल्न जान्छु
च्याप्पै लौरो समात्छु र चौका छक्का हान्छु’
“हामी आफ्नो काममा भन्दा अरुको काममा रमाईलो होला, पैसा कमाईएला भनेर जो सफल भयो उसैको काम गर्न लालायित हुन्छै, त्यही कुरालाई ब्यंग्यको रुपमा गीतमा प्रस्तुत गरिएको छ” गायक शर्मा हालसालै सार्वजनिक भएको उनको गीतिको बारेमा यसरी जानकारी गराउछन् । गायक शर्माले यसपटक भने क्रिकेटको क्रेजलाई गीत मार्फत प्रस्तुत गरेका छन् । उनलाई गायनमा रमेशराज भट्टराईले पनि साथ दिएका छन् ।
‘क्रिकेट खेल्न जान्छु’ बोलको यस गीतको भर्खरै म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मेरी बास्सै’का ‘धुर्मुस’ले भिडियोको निर्देशन गरेका हुन् । १० मिनेट ३१ सेकेन्डको यस म्युजिक भिडियोको सुटिङ्ग एकै दिनमा गरिएको हो । पुल्चोक क्रिकेट मैदान र कोटेश्वरमा भिडियोको सुटिङ्ग गरिएको थियो ।
क्रिकेट सम्बन्धि गीत भएकाले क्यानले नै भिडियो सुटिङ्ग गर्न मैदान उपलब्ध गराईदिएको थियो । “भिडियोको मेकिङ्गमा खेलाडी दिपक बिष्ट र क्यानका उपाध्यक्ष बिकासले निकै ठुलो सहयोग गर्नुृभएको छ” भिडियोको मेकिङ्गलाई लिएर निर्देशक सिताराम कट्टेल ‘धुर्मुस’ भन्छन् “गीतको भाव अनुसारको भिडियो बन्नु पर्छ भन्ने मान्यता सदैब मेरो हुन्छ नै, यो गीतको भिडियो हेर्दा तपाईले त्यही पाउनुहुनेछ ।”
भिडियोमा खेलिएको प्रत्येक म्युजिक बिटको भावअनुसार आफुले काम गरेको धुर्मुस बताउछन् । “भिडियो हेरेर दर्शकहरुले राम्रो प्रतिक्रिया दिईरहनुभएको छ, निकै उत्साहित छु” धुर्मुस भन्छन् ।
For More videos Log on to Mazzako TV