भारतको लोकप्रिय अनलाइन पोर्टल आजतकले नेपाली फिल्मका चर्चित नायक राजेश हमाललाई भारतीय नायक अमिताभ बच्चनसँग दाँजेको छ । हमाललाई नेपाली अमिताभ बच्चन भनिएको छ । आज तकले अनलाइनमा लेखे अनुसार, भारतमा जसरी अमिताभ बच्चन, साहरुख खानको लोकप्रियता छ, यस्तै लोकप्रियता नेपालमा अभिनेता राजेश हमालको छ ।

भारतमा त राजेश हमाललाई खासै जनताले नचिन्ने भन्दै आज तकको अनलाइनमा नेपालमा भने हमालको क्रेज लोभलाग्दो रहेको उल्लेख गरिएको छ । राजेश हमालले खेलेको पहिलो फिल्म यूगदेखि यूगसम्म हो । हमालले यो सिनेमा खेलेपछि कहिले पनि पछाडि फर्किएर हेर्नुपरेको छैन । हमाल अहिले रियालिटी शो संचालनमा पनि व्यस्त छन् ।

For More videos Log on to Mazzako TV