भदौ १३ गते रिलिज हुने भनिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ सरेपछि अब यसको फाइदा फिल्म मारुनीलाइ हुने चर्चा चल्न थालेको छ । मारुनी फिल्म भदौ १३ गतेबाट रिलिजका लागि सुरुवात देखि नै यही मितिमा थियो । यो मितिमा बलिउडको फिल्म साहो पनि रिलिज हुँदैछ ।

तर, साहो सिनेमा साउथको डब भएकाले पनि नेपाली बक्स अफिसमा यसको प्रभाव जुन तरिकाले पर्छ भनिएको छ, त्यो अनुसार नपर्न पनि सक्छ । तीजको बिदामा विशेषगरि, नेपाली फिल्ममै दर्शकको आँखा हुने भएकाले पनि मारुनीलाई फाइदा हुन सक्छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का अभिनित यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । बलिउड सिनेमा आएपनि दर्शकले नेपाली फिल्मलाई नै माया गर्ने विश्वास निर्मात्री पूनम गौतमको छ ।

For More videos Log on to Mazzako TV