फिल्म कबड्डी कबड्डी कबड्डी असोजको ३ गते पुगेपछि अब यो मितिमा आउने भनिएको फिल्म लभ डायरीजलाई समस्या परेको छ । किनकी, अहिलेसम्म यो फिल्म सोलो रिलिजमा थियो । तर, अब भने कबड्डीले समस्या पार्ने भएको छ ।

तर, यो फिल्मका निर्देशक सौरभ चौधरीले भने यो मितिबाट फिल्म पछि नजाने बताएका छन् । सुशिल श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको यो फिल्मको रिलिज डेट यसअघि पनि सरेको थियो । निर्देशकले आफूहरुको फिल्म कुनै पनि कुरामा कमी नभएको भन्दै जुन फिल्म आएपनि पछि नसर्ने बताएका छन् ।

उनले भने, १० वटा फिल्म आएपनि हामी पछि सर्दैनौ । कबड्डी कबड्डी कबड्डी आएसँगै लभ डायरीजको रिलिज डेट परिवर्तन हुने चर्चा छ । किनकी, दुबै फिल्मका वितरक मनोज राठी हुन् ।

For More videos Log on to Mazzako TV