अभिनेता सुशील श्रेष्ठ तथा नवअभिनेत्री रुविना थापा स्टारर फिल्म ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोयना गर्दै फिल्मको रोमान्टिक गीत रिलिज गरिएको हो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई प्रस्तुत छन् ।

पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । सौरभ चौधरी निर्देशित फिल्म यहि असोज ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदे छ ।

मनाङको भर्जिन लोकेशनमा छायाँकन गरिएको भिडियालाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई सञ्जय लामाले छायाँकन गरेका हुन् । फिल्ममा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।लभस्टोरी कथामा निर्माण भएको फिल्मको कथा मधु बास्तोलाले लेखेका हुन् ।

पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा सह(निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् ।

For More videos Log on to Mazzako TV