रिलिजमा आउन लागेको फिल्म कबड्डी कबड्डी कबड्डी सरेको छ । यो फिल्मको प्रदर्शन मिति ३ साता पछि धकेलिएको हो । प्राविधिक काम नसकिएकाले फिल्मलाई अब असोज ३ गते रिलिज गर्ने निर्णय गरिएको यसको निर्माताले बताएका छन् ।

रामबाबु गुरुङ निर्देशित फिल्मलाई भदौ १३ मा रिलिज गर्ने गरि टिजर र गीत सार्वजनिक भैसकेको थियो । यो सिनेमा सरेपछि भदौ १३ मै आउन लागेको अर्को सिनेमा मारुनीलाई फाइदा हुने भएको छ । कबड्डी अब असोजको ३ गते सिनेमा लभ डायरीजसँग जुध्ने भएको छ ।

यो मितिमा सिनेमा छ माया छपक्कै पनि आउने चर्चा थियो । तर, अब कबड्डी आउने भएपछि छ मायालाई असोजको १० या १७ मै आउनुपर्ने वाध्यता छ ।

For More videos Log on to Mazzako TV