सिनेमा निर्माणमा होमिएका कलाकार सिताराम कट्टेलले निर्देशक पनि फाइनल गरेका छन् । उनले बनाउन लागेको फिल्मको निर्देशन रामबाबु गुरुङले गर्ने भएका छन् । रामबाबु अहिले फिल्मको स्टोरीलाई लक गर्ने तयारीमा छन् । यसका लागि उनलाई महंगो पारिश्रमिक समेत दिइएको छ ।
यो फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरे नै मुख्य कलाकारको रुपमा हुनेछन् । फिल्मका लागि अभिनेता दयाहाङ राइलाई पनि फाइनल गरिएको चर्चा छ ।

यो फिल्मको नाम सुरुमा एन्टीभाइरस राखिएपनि पछि परिवर्तन गरेर सेन्टिभाइरस राखिएको थियो । तर, अहिले फिल्मको नाम परिवर्तन गर्दै छल कपट राखिएको खबर समेत सार्वजनिक भएको छ ।
छल कपटका लागि अरु कलाकार पनि फाइनल गर्ने काम भैरहेको छ । कलाकार तथा निर्माता सिताराम चितवनबाट फर्किएका छन् । अब, उनले आफू फिल्मको निर्माणमा लाग्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV