भदौ २७ गते रिलिज हुने फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य कलाकार सहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन् । फिल्मको मुख्य कलाकार आक्रामक मुद्रामा प्रस्तुत भएका छन् । भने, सन्नीको कामुक रुप देख्न सकिन्छ । एक आइटम गीतमा नृत्य पस्किएकी सन्नीको केहि संवादसहितको दृश्य पनि फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ ।

एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ । यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ ।सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।
एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई सौरभ लामाले छायाँकन गरेका हुन् ।

For More videos Log on to Mazzako TV