भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को क्लब गीत सार्वजनिक भएको छ । सार्वजनिक गरेको ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीतको रिमेक हो । ओर्जिनल गीतमा भने मिरा राणाको स्वर रहेको थियो । किरण खरेलले शब्द रहेको गीतमा शिव शंकरको संगीत छ । फिरोज बज्राचार्य र डिजे राजुले यसलाई रि एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतमा तनुजा गुरुङ्गले बोल्ड ठुम्का लगाएकी छन् । गीतका कोरियोग्राफर गोविन्द राई हुन् ।

तनुजालाई अडिसन मार्फत् यो गीतमा नृत्यको लागि छनोट गरिएको थियो । गीतमा फिल्ममा प्रमुख भूमिकामा रहेका प्रमोद अग्रहरी पनि फिचर्ड छन् । आफुले पाएको भूमिकालाई न्याय गर्ने कलाकारमा पर्ने नम्रता यसमा लेडी फाइटर देखिएकी नम्रताले फिल्मकै कपाल छोट्याएर चाहिने ट्रेनिङपनि लिएकी थिइन् । फिल्ममा नायिका श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । यसमा सम्राट मगर नम्रताको कोचको भूमिकामा छन् । अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेकोछ ।

निर्देशक आशुतोष श्रेष्ठले आफु खेलसँग निकै नजिक रहेकोले फिल्म बनाउने इच्चा उत्त्पन्न भएको बताए । ट्रेन्ड सेटर्स र नम्रता श्रेष्ठ प्रोडक्सनको ब्यानरमा निर्मित यसफिल्मको कथा निर्देशक श्रेष्ठ आँफैले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डिओपी बाबु श्रेष्ठको रहेको छ ।

For More videos Log on to Mazzako TV