‘बिर बिक्रम २’ को जापानमा भब्य प्रिमियर हुने भएको छ । यहि जुलाई २८ तारिक जापानको नाकामाज ब्यान्डको आयोजनामा नगोयामा फिल्मको ग्राण्ड प्रिमियर हुन लगेको हो । नायक पल शाह, नायिका बर्षा सिवाकोटी कलाकार बुद्धि तामाङ, बिनोद सुवेदी खत्री र निर्देशक मिलन चाम्स फिल्म बिर बिक्रम २ लिएर जापान गएका हुन् । शनिबार उनिहरु ‘बिर बित्रम २’ प्रदर्शन गर्न जापान उडे । जेठ ३ गते नेपालमा प्रदर्शन भएको फिल्मले दोस्तीयारीको कथा बोल्छ ।

फिल्म ‘बीर विक्रम २’ मा देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल लगायतको पनि अभिनय छ । फिल्ममा निर्देशक चाम्स र रन्जिता सिवाकोटी, अर्पन सापकोटाको लगानी छ । नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । फिल्मको कथा लेखन प्रदिप भारदाजको रहेको छ ।

For More videos Log on to Mazzako TV