बाबु बोगटी रङ कि राईट, किन खेल्दैछन् त भाले फाईट ?
नायक बाबु बोगटी यतिबेला भाले फाईट खेल्दैछन् । त्यो पनि नायक सन्दिप क्षेत्रीसँग । कस्ले जित्ने हो त फाईटमा ? अहिले यसै भन्न सकिने अवस्था छैन । त्यसको लागि त केही समय कुर्नै पर्नेहुन्छ । ‘भाले फाईट’ सिनेमाको नाम हो । चलचित्र ‘भाले फाईट’का लेखक तथा निर्देशक अशोक राई हुन् ।
चलचित्र ‘भाले फाईट’को यतिबेला नखिपोटमा धमाधम सुटिङ्ग भईरहेको छ । चलचित्रमा बाबु र सन्दिपको नायिकाको रुपमा रिमा विश्वकर्मालाई देख्न सकिनेछ । चलचित्रको निर्माता भोज गुरुङ्ग हुन् । निर्देशक अशोक राईले नै फिल्ममा संगीत दिएका छन् भने गीतमा बाबु बोगटीको अवाज सुन्न पाईनेछ । ‘भाले फाईट’मा तीनवटा गीत रहेका छन् ।
‘नाम सुन्दा अनौठो लागे पनि यो विशुद्व पारिवारिक फिल्म हो’, नायक बाबु बोगटी बताउछन्, ‘पारिवारिक कथा भित्रको द्वन्द नै हो भाले फाईट ।’ चलचित्रले समसामयिक बिषयबस्तुलाई नै उठान गरेको छ रे । चलचित्रलाई लिएर नायक बाबु बोगटी निकै उत्साहित देखिन्छन् । ‘चलचित्रको स्क्रिप्ट निकै उत्कृष्ट लागेर नै भाले फाईट गरेको हुँ’, बोगटी सुनाउछन् ।
२० दिनको सुटिङ्ग सेड्युल लिएर फ्लोरमा निक्लिएको यस चलचित्रको ४ दिनदेखि नखीपोटमा सुटिङ्ग भईरहेको छ । चलचित्र ‘भाले फाईट’को सुटिङ्ग काठमाण्डौं आसपासमै गरिने जानकारी दिईएको छ । तर गीतको सुटिङ्गका लागि भने फ्रेस लोकेशनको खोजी भईरहेको छ ।
तस्वीर–डि. यस.
For More videos Log on to Mazzako TV